नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य
थानकोट ।
नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ क्रिकेट टोलीलाई २१७ रनको विजयी लक्ष्य दिएको छ ।
काठमाडाैंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएपछि क्यानडा ११ ले सो लक्ष्य पाएको हो।
नेपाल ए का लागि वषिर अहमदले अविजित ५० रन बनाए भने राशिद खानले ४० रन बनाए ।
नेपालका लागि मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ रनको योगदान दिए ।
क्यानडा- ११ का बलर साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए भने इश्वरजोत सोहिले २ विकेट लिए ।













