विश्वकप क्रिकेट लिग २: अंकतालिकामा नेपाल शीर्षस्थानमा
थानकोट ।
काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग २ प्रतियोगिताको सोमबार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ ।
उसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । त्रिवि मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले टस जितेर पहिला बलिङको निर्णय लिएको थियो ।
टस निर्णायक देखिएको कीर्तिपुरको पिचमा पहिला ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका स्पीनर आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया संकटमा परेको थियो ।
जावफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेपछि नेदरल्यान्ड्सले लिगमा दुई अंक जोडेको हो ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय सिरिजमा तीनै टिमले एक एक खेल जितेका छन् । अहिले समान अंक भए पनि नेट रनरेटका आधारमा नेपाल लिगको शीर्ष स्थानमा पुगेको छ ।














