विश्वकप क्रिकेट लिग-२ः नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

Thankot Times

थानकोट ।

काठमाडाैं जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा मैदान उत्रिएको नेपाली टोली ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका तीन खेलाडी शून्य रनमा बाहिरिएका थिए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान ४-४ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *