आईसीसी क्रिकेट विश्वकप लिग-२ः नामिबियासँग नेपाल दोश्रो खेलमा पनि स्तब्ध

Thankot Times

थानकोट ।

नेपाली क्रिकेट टिम नामिबियाली क्रिकेट टोलीसँग लगातार दोस्रो खेलमा पनि स्तब्ध बनेको छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले हजाराैं दर्शक माझ घरेलु टोलीलाई २ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुनुपूर्व प्रस्तुत गरेको १६८ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालको लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाएका थिए ।

त्यस्तै, कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।

नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले समान ४-४ विकेट लिए ।

जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्नेछ । नेपालले भने आइतबार नेदरल्याण्ड्सको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *