भालेश्वर डाँडामा हल्का हिमपात

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित भालेश्वर डाँडामा हल्का हिमपात भएको छ ।

बिहीबार दिउँसोदेखि वर्षा हुँदा सो क्षेत्रमा साँझ हिउँ परेको हो ।

यस वर्ष भालेश्वरमा पहिलोपटक हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्याैपानेले जानकारी दिए ।

दक्षिण ललितपुरको भट्टेडाँडा र तिनपाने भञ्ज्याङ, मकवानपुरको सिमभञ्जाङ,  दामन लगायतका क्षेत्रमा समेत बिहीबार हल्का हिमपात भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *