चन्द्रागिरिमा हिउँको चर्चा भइरहँदा त्रिभुवन पार्कमा भिजेका मिटरब्याज पीडितहरूको बिजोग
थानकोट ।
बिहीबार दिउँसोबाट वर्षा हुँदा चन्द्रागिरि लगायत वरपरका अग्ला पहाडहरूमा हिउँ परेको चर्चाले सामाजिक सञ्जाल रंगिएको छ ।
काठमाडाैंको चन्द्रागिरिमा हिउँ पर्दा राष्ट्रिय समाचार नै बन्ने गरेको छ ।
हुन पनि यस वर्ष पहिलोपटक हिउँ पर्दा चर्चा हुनु स्वभाविक नै हो ।
चन्द्रागिरि डाँडामा हिउँ परिरहँदा बेसीमा रहेको थानकोटस्थित त्रिभुवन पार्कमा भने २३ दिनदेखि पैदल यात्रा गर्दै काठमाडाैं आइपुगेका मिटर ब्याज पीडितहरूको विजोग भएको छ ।
करिब ८ सय जनाको संख्यामा रहेका उनीहरू बुधबार राति थानकोट आइपुगेका थिए ।
त्रिभुवन पार्कमा सुस्ताउँदै करिब ८ सय जना मिटरब्याज पीडित, कोहि सेल्फी खिच्दै, कोहि दालमोठ चपाउँदै
बिहीबार दिउँसोबाट पानी पर्न थालेपछि उनीहरूको निर्धारित कार्यक्रम समेत भद्रगोल हुँदा मिटर ब्याज पीडितहरू थप कष्टमा परेका हुन् । उनीहरूले आज पनि त्रिभुवन पार्कमै रात कटाउने निधो गरेको बताइएको छ ।
दिनभरको पानी र साँझ परेको हिउँको चिसोले उनीहरूको बिचल्ली भएको छ ।
तस्बिर स्रोतः निशा भण्डारी










