वाफा च्याम्पियन-२०२४: आज नेपालले प्यालेस्टाईनसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।

नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्नेछ भने सिरियाले इराकको सामना गर्नेछ ।

यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *