वाफ वुमेन्स च्याम्पियनसिपः समुह चरणमा नेपालको शतप्रतिशत जित, सेमिफाइनल खेल लेवनानसँग

Thankot Times

थानकोट ।

नेपाल साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिपको समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।

साउदीको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेका थिए ।

समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानानसँग खेल्नेछ ।

नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल मंगबलार हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *