सुनको भाउ तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन आज बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।

सुनको मूल्य एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले बढेर आज प्रति तोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार चाँदीको मूल्य हिजोको तुलनामा तोलामा ८० रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *