काठमाडाैं उपत्यकामा घट्यो महँगी

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्षको सात महिनामा काठमाडौं उपत्यकाको महँगी ४.९६ प्रतिशत छ ।

अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकाको महँगी घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको महँगी ८.४७ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार सबैभन्दा धेरै महँगी पहाडमा छ । पहाडमा महँगी ५.५८ प्रतिशत छ ।

तराईमा ४.७१ र हिमाल ५.४४ प्रतिशत महंगी छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ७.३०, तराईमा ७.८२ र हिमालमा ७.९३ प्रतिशत महँगी थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ को पूर्णपाठ हेराैं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *