मेयर बालेनको व्यंग्य- अरुलाई के भनम, म आफै खराब छु !

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् । 

मंगलबार साँझ मेयर शाहले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ । 

उनले लेखेका छन्- 

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु !!


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ