इद पर्वका अवसरमा आज देशभर सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

इस्लाम धर्मावलम्बीको महान पर्व इद (इद–उल–फित्र) संसारभर आज हर्षाेल्लासपूर्वक मनाइँदै छ।

आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ मनाउने गरिन्छ ।

आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

इस्लाम धर्मावलम्बीहरूले नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ