चन्द्रागिरि वरपरका क्षेत्रमा भारी वर्षा, दिनभर पानी पर्ने सम्भावना अधिक
थानकोट ।
आइतबार मध्यान्हबाट चन्द्रागिरि वरपरका क्षेत्रमा वर्षा सुरु भएको छ । बिहान करिब ६ बजे रोकिएको वर्षा मध्यान्हबाट पुनः सुरु भएको हो ।
विशेष गरी कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका थोरै स्थानहरुमा अहिले वर्षा भैइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।










