महालेखाको प्रतिवेदन- ‘नेपाल आयल निगमले थानकोटको जग्गामा तारबार लगाउन सकेन’
थानकोट ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा नेपाल आयल निगमले उसको स्वामित्वमा रहेको जग्गा संरक्षण हुन नसकेको प्रतिवेदन उल्लेख गरेको छ ।
निगमको थानकोटस्थित जग्गामा निगमले पूर्णरूपमा तारबार नगरेको सो प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा पोखरामा रहेको नियमको ७७ रोपनी जग्गा मध्ये करिब १८ रोपनी जग्गा स्थानीय बासिन्दाहरूले खेल मैदान तथा बाटोको रूपमा प्रयोग गरिरहेको विषय समावेश भएको छ ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोटमा नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय तथा भण्डारण केन्द्र सञ्चालनमा छ ।













