मेगा ड्रीम सहकारीमा रकम हिनामिना प्रकरणः थानकोट शाखाको दायित्व १६ करोड, ऋण ८० लाख

Thankot Times

थानकोट ।

बालाजु माछापोखरीमा केन्द्रीय कार्यालय भइ विभिन्न स्थानमा शाखा सञ्चालन रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेकाे तथ्य भेटिएको छ ।

सहकारी सञ्चालक समिति र उनीहरूका आफन्त र व्यक्तिगत लगानी भएका कम्पनीमा ऋण लगानी गर्दै अपचलन गर्ने गरेको तथ्य भेटिएको हो ।

प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान अनुसार मेगा ड्रिम सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, लेखा समिति संयोजक उमाकान्त न्यौपाने र सञ्चालक शेखर बस्नेतले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत जग्गा किनेको, ऋण लिएर नतिरेको तथा निजी कम्पनीमा समेत लगानी गरेको खुलेको छ ।

अनलाइनखबरमा प्रकाशित समाचार अनुसार ती संस्थामा ५ सयभन्दा धेरै ऋणी छन् । जसमध्ये साना ऋणी केही भने पनि मुख्य ऋणीहरू सञ्चालक र व्यवस्थापकसँग जोडिएको र ऋण उठाउन फोन गर्दा सहकारीकै पदाधिकारीले चलाएको वा उनीहरूसँग मिलाइसकेको जवाफ आउने गरेको बताएका छन् ।

सहकारीको थानकोट शाखाको बचत दायित्व १६ करोड भन्दा धेरै छ भने उठ्न बाँकी ऋण ८० लाख मात्रै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *