मातातिर्थ क्षेत्रमा भोलि आइतबार बिहान ११ बजेबाट ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकारणले असार १६ गते आइतबार चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणको बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातिर्थ फिडरका केही क्षेत्रमा भोलि विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।
मातातिर्थ क्षेत्रमा कन्डक्टर स्तरोन्नतिको कार्यका लागि बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत जानकारी दिएको छ ।












