जबरजस्ती करणी मुद्दामा थानकोट घर भएका फरार प्रतिवादी पक्राउ

Thankot Times

थानकोट ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका गिरीटोल घर भई ललितपुर गोदावरी नगरपालिका-६ बस्ने एक पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२६ चापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *