आज मातातिर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरती आयोजना हुने
थानकोट ।
मातातीर्थ कुण्डमा क्षेत्रमा आज साँझ गंगा आरती आयोजना हुँदैछ ।
हरेक महिना औंशीको दिन पारेर आयोजना हुने आरती आज हुन लागेको मातातीर्थ संरक्षण विकास संस्थाका अध्यक्ष शान्त उदासको भनाइ छ ।
यसअघि मातातिर्थ औंशीका दिन र जेठ २४ गते औंशीका दिन मातातीर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरतीको आयोजना गरिएको थियो । सो क्रममा हजाराैं जनाले सन्ध्याकालीन आरती अवलोकन गरेका थिए ।
आज साँझ मातातिर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरती आयोजना हुने
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा पनि हरेक सोमबार सन्ध्याकालीन आरती आयोजना भइरहेको छ ।












