पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

Thankot Times

थानकोट ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ।

पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ।

सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।

गोली चल्नासाथ उनलाई त्यहाँबाट सुरक्षित निकालिएको छ।

चुनावी सभाको क्रममा कैयन राउन्ड गोली चलेको आवाज सुनिएको पनि बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *