ग्रेनाडालाई हराउँदै नेपाल यू-१५ विश्व फुटबल फेस्टिभलमा तेस्रो

Thankot Times

थानकोट ।

नेपालले फिफा यू–१५ विश्वकप तथा फुटबल फेस्टिभल २०२६ को टियर एफमा तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार ग्रेनाडालाई २–१ गोलले पराजित गर्दै नेपालले प्रतियोगिताको सुखद् अन्त्य गरेको हो।

नेपालले खेलको सातौं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालविरुद्ध ग्रेनाडाले २२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। तर, नेपालले ३६औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गर्‍यो।

यस जितसँगै नेपाल टियर ‘एफ’मा तेस्रो बन्यो। समग्र प्रतियोगितामा भने नेपाल १६३औं स्थानमा रह्यो। टियर ‘एफ’ को उपाधि न्युजिल्यान्डले जितेको छ। फाइनलमा इथियोपियालाई २–१ गोलले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो। नेपाल भने सेमिफाइनलमा न्युजिल्यान्डसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटका क्रममा भएको विवादास्पद निर्णय पनि चर्चाको विषय बनेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *