एमाले काठमाडौं जिल्ला कमिटिले तोक्यो जिम्मेवारी, चन्द्रागिरिका नेतालाई कुन जिम्मेवारी ? (सूची)
थानकोट ।
सत्तारुढ दल नेकपा एमालेको काठमाडौं जिल्ला कमिटिले विभिन्न विभाग, क्षेत्रीय, प्रदेश संयोजक तथा पदाधीकारी, पालिका तथा वडा ईन्चार्जहरु तोकेको छ ।
सो पार्टीको जिल्ला कमिटिको साउन २२ गतेको पूर्ण बैठक तथा सचिवालयको बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्य विभाजन, सल्लाहकार परिषद र विभाग गठन गरेको हो । बैठकमा २१ वटा समसामयिक प्रस्तावहरुमाथि गहन छलफल भएको बताइएको छ।
सो पार्टीका सचिवालय सदस्य चन्द्रागिरिका अनन्तराज सिग्देलले पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुखको जिम्मेवारीसहित चन्द्रागिरि वडा नं. २ को इन्चार्जको जिम्मेवारी पाएका छन् ।
सचिवालय सदस्य दिपक पनेरुले काठमाडाैं क्षेत्र नं. ९ को संयोजकको जिम्मेवारी पाउँदा अर्का सचिवालय सदस्य हरिभक्त महर्जनले काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख को संयोजकको जिम्मेवारी पाएका छन् ।
यसैगरी सचिवालय सदस्य केशरत्न बज्राचार्यले काठमाडाैं क्षेत्र नं. १० को संयोजकको जिम्मेवारी पाउँदा सदस्य उमेश कार्कीले काठमाडाैं जिल्ला क्षेत्र नं. ९ ख को संयोजकको भूमिका पाएका छन् ।
सुदर्शन केसीले काठमाडाैं क्षेत्र नं. १० को सचिवको जिम्मेवारीसँगै चन्द्रागिरि ९को इञ्चार्चको साँचो पाएका छन् । शिवकुमार महर्जनले क्षेत्र नंं १० प्रदेश ख को सचिवको जिम्मेवारी पाउँदा चन्द्रागिरि वडा नं. १० को इञ्चार्जको साँचो पाएका छन् ।
नेकपा एमाले जिल्ला सदस्य राजु श्रेष्ठले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पाउँदा चन्द्रागिरि वडा नं. ७ को इञ्चार्जको पनि जिम्मेवारी पाएका छन् । जिल्ला सदस्य राजेन्द्र केसीले चन्द्रागिरि १, रन्जु खड्काले चन्द्रागिरि वडा नं. ३, संजय सिग्लेलले चन्द्रागिरि ५, जगदीश रिजालले चन्द्रागिरि ८, बुद्धलक्ष्मी महर्जनले चन्द्रागिरि ११, लक्षमणकुमार तण्डुकारले चन्द्रागिरि १२, राजभाइ महर्जनले चन्द्रागिरि १३, चम्पा रोक्का अछामीले चन्द्रागिरि १४, इन्द्र बहादुर महर्जनले चन्द्रागिरि १५ को इन्चार्जको जिम्मेवारी पाएका छन् ।
संगठन विभागको सदस्य पदमा विन्दु श्रेष्ठले जिम्मेवारी पाउँदा, शिक्षा मानवस्रोत विभागको सदस्यमा चन्द्रागिरि ६ का लक्ष्मण गिरीले जिम्मेवारी पाएका छन् ।
यसैगरी चन्द्रागिरि १२ की सरु थापा पर्यटन तथा नागरिक उडड्यन विभागको सदस्यमा पदस्थापन भएकी छन् । चन्द्रागिरि १३ का विष्णु भट्ट श्रम तथा रोजगार विभाग सदस्य भएका छन् ।
नेकपा एमाले काठमाडाैं जिल्ला अर्थ तथा योजना विभागको सदस्यमा चन्द्रागिरि ७ का शम्भु पाैडेलले जिम्मेवारी पाएका छन् ।
चन्द्रागिरि ४ का सानुबाबु श्रेष्ठ सो पार्टीको काठमाडाैं जिल्ला पार्टी स्कुल विभाग सदस्य भएका छन् । चन्द्रागिरि २ का उत्तम रेग्मीले वन तथा वातावरण विभागमा सदस्यको जिम्मेवारी पाउँदा चन्द्रागिरि १२ का रामशरद केसीले समेत सोही विभागमा सदस्यको जिम्मेवारी पाउने भएका छन् ।
स्थानीय विकास विभागको सदस्यमा चन्द्रागिरि १० का गोपालकृष्ण महर्जनले जिम्मेवारी पाउँदा चन्द्रागिरि १२ का भुवन गाैतमले पनि सोही विभागको सदस्य पद पाएका छन् । चन्द्रागिरि ९ की चन्दिका श्रेष्ठ सहकारी तथा गरिबी निवारण विभागमा सदस्य जिम्मेवारी पाउन सफल भएकी छन् ।
नेकपा एमाले काठमाडाैै जिल्ला उद्योग वाणिज्य तथा आपूर्ति विभागको सदस्यमा चन्द्रागिरि ७ की शोभा ओली पदस्थापन हुँदा खानेपानी तथा सरसफाई विभागको सदस्यमा चन्द्रागिरि ५ का भक्तलाल श्रेष्ठ चन्द्रागिरि ६ का माधव रेग्मीले जिम्मेवारी पाएका छन् ।
भूमी व्यवस्था विभागको सदस्यको जिम्मेवारीमा चन्द्रागिरि ८ का खगेन्द्र बस्नेत छन् ।
नेकपा एमाले काठमाडाैं जिल्लाका नेताहरू कसलाई कुन जिम्मेवारी पूरा सूची हेराैंः













