चन्दन भराटेश्वर मन्दिरमा आजबाट चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव सुरु हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ चेकपोष्टस्थित चन्दन भराटेश्वर मन्दिर प्राङ्गण आजबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव सुरु हुँदैछ ।

सप्ताह ज्ञान महायज्ञका लागि बिहान ९ बजे चन्दन भराटेश्वर मन्दिर प्राङ्गणबाट कलश यात्रा सुरु हुनेछ । सो कलश यात्रा बालागाऊँ कुवा- कुण्ड- अष्टमातृका मन्दिर-ईटाखेल कृण्ण मन्दिर- चन्द्रागिरि नगरपालिका वडा नं. ६ को कार्यालय-बुङ्गाखेल हुँदै पुनः चन्दनभराटेश्वर मन्दिरमा पुग्नेछ ।

जग्गा खरिद गरि जेष्ठ नागरिक दिवा सेवा भवन निर्माण गर्ने लक्ष्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको चन्द्रागिरि ज्येष्ठ नागरिक समाज धार्मिक महोत्सव-२०८१ मूल समारोह समितिले जनाएको छ ।

महायज्ञमा पण्डित वासुदेव घिमिरे, पण्डित गोविन्द दाहाल लगायतले कथा वाचन गर्नुहुने बताइएको छ । महायज्ञ भदाै २८ गते शुक्रबारसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ