तेस्रो मातातिर्थ गोल्डकपमा आज वीआर ब्रदर्श र बाल्जी युथ एवं मिलन युथ क्लब र कुर्दान बीच खेल

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकपको दोश्रो दिन आज मंगलबार दुई वटा खेल हुने तालिका रहेको छ ।

प्रतियोगिताको पुल बी मा रहेका वीआर ब्रदर्श र बाल्जी युथ क्लब दिनको १ बजे आमुने सामुने हुने तालिका रहेको छ । यस खेलको विजेताले एभरेष्ट युथ क्लब र प्लेयर्स युथ क्लबको विजेतासँग असोज् १२ गते दोश्रो चरणमा भेट गर्नेछ ।

यसैगरी आज नै हुने दिनको दोश्रो तथा अन्तिम खेलमा पुल बी मै रहेका मिलन युथ क्लब र डिफेन्डिङ च्याम्पियन कुर्दान फुटबल एकेडेमी दिउँसो ३ बजे प्रतिस्पर्धा हुने तालिका रहेको छ । 

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा भुँईखेल फुटबल क्लबले विजयपुर युवा क्लब माथि १-० को जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । 

मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सुरु, भुँईखेल फुटबल क्लब दोश्रो चरणमा प्रवेश

प्रतियोगितामा साबिक विजेता कुर्दान फुटबल एकेडेमी, सिद्धीकाली युथ क्लब, प्लेयर्स फुटसल, विजयपुर युथ क्लब, फारभीजन युथ क्लब, द हिलिङ हाेम एफसी, समतामूलक युवा क्लबले सहभागिता जनाउनेछन्। यसैगरी वल्जी फुटबल क्लब, लाेरेन युवा क्लब, वीआर ब्रदर्श, गणेशमान स्मृति फुटसल क्लब, मिलन युथ क्लब, पहिलो संस्करणको विजेता किसिपिडी युवा क्लब, भुँईखेल युवा क्लब, एभरेस्ट युवा क्लब, ल्याक्टाे लक्ष्य क्लब, आकाशटाेल वाणस्थली युवा क्लब र ब्लु-बेल फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिएका छन् ।

तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगितामा १८ टाेलीकाे सहभागिता

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *