तेस्रो मातातिर्थ गोल्डकपको तेस्रो दिन आज तीन वटा खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकपको तेस्रो दिन आज बुधबार तीन वटा खेल हुने तालिका रहेको छ ।
जसअनुसार दिनको पहिलो खेलमा बिहान ११ बजे पुल बी मा रहेको प्लेयर्स युथ क्लबले एभरेष्ट युथ क्लबको सामना गर्नेछ ।
दिउँसो १ बजे हुने दिनको दोश्रो खेलमा पुल बी मै रहेका ल्याक्टो युथ क्लब र फार भीजन युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अपरान्ह ३ बजे हुने दिनको तेस्रो तथा अन्तिम खेलमा पुल ए मा रहेका लोरने युथ क्लब र किसिपिडी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि मंगलबार सम्पन्न खेलमा मिलन युथ क्लब र वीआर ब्रदर्शले जित हात पारेका छन् ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।












