साफ यू-१७ च्याम्पियनसिप: फाइनल प्रवेशका लागि आज नेपाल र भारतबीच खेल हुने
थानकोट ।
भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारतबीच खेल हुँदैछ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराहन्न १:४५ बजेदेखि हुनेछ ।
नेपाल समुह बी मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा समुह विजेता बनेर सेमिफाइनल खेल्दै छ ।
नेपाल समुह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।
त्यसैगरी समुह ए मा भारतले बंगलादेशलाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै समुह विजेता बनेको थियो ।
आजै दोस्रो सेमिफाइनल साँझ ५:४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुँदैछ ।














