पहिरोमा परि बेपत्ता भएका सिस्नेरीस्थित एन्फा एकेडेमीका सबै ६ जना विद्यार्थीको शव भेटियो

Thankot Times

थानकोट ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जना बालकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

अन्य ३४ बालक सकुशल रहेका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेको एन्फाले जनाएको छ ।

मृतक सबैको शव पोस्टमार्टमका लागि काठमाडाैं ल्याइएको छ । सकुशल रहेका अन्य विद्यार्थीहरुलाई समेत सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । 

मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *