क्लीन भीजनलाई तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि

Thankot Times

थानकोट ।

क्लीन भिजन क्लब तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

शनिबार हजारौं दर्शकमाझ क्लीन भीजन क्लब र एभरेष्ट युथ क्लबबीच खेलाइएको फाइनल खेलमा क्लीन भीजन १-० ले विजयी भयाे ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा असोज पहिलो साताबाट जारी प्रतियोगिताको विजेता क्लीन भीजनले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

उपविजेता बनेको एभरेष्टले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पायाे ।
मिलन युथ क्लबले तेस्रो स्थान हात पार्याे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *