थानकोटमा फेरि हराउन थाले ढोकामा राखिएका कलश

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं-७ घुमाउने क्षेत्रका घरका ढोकामा राखिएका धातुका स-साना कलश पनि हराउने क्रम पुनः बढेको छ ।

साँझसम्म थियो, भोलिपल्ट उठेर जल फेर्न खोज्दा कलश रहेनछ, एक पिडितले भने ।

हेर्दा सानो कुरा हो तर लगातार हराउन थालेपछि ढोकामा कलश राख्नै छाडें उनले भने ।

आज कलश हरायो भने चुप लाग्याैं भोलि ठूलै धनमाल चोरी हुन सक्छ । स्थानीय प्रशासन यस बारेमा बेखबर पक्कै छैन होला तर सुरक्षा चुनाैती झनझन थपिँदो एक पिडितले भने ।

सानो सामान प्रहरी कहाँ उजुरी गर्ने कि नगर्ने हामी दोधारमा छाै, अर्का पिडितले भने ।

पछिल्लो पटक आइतबार राति यस क्षेत्रमा कलश चोरी भएको छ ।

गत पुष महिनामा यस क्षेत्रमा कलश हराउने क्रम सुरु भएको थियो । पछि ती कलश चोरीमा संलग्न एक युवा पक्राउ परेपछि सो क्रम रोकिएको थियो ।

घरका ढाेकामा राखिएको तामा कलशकाे चाेर्दै हिंडिरहेका सुजन बलम्बुबाट समातिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *