आजबाट चन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु हुँदै
थानकोट ।
आजबाट चन्द्रागिरि नगरको प्रमुख मध्येको एक खोला बल्खु खोला सफाइ अभियान सुरु हुँदैछ ।
जागाैं युवा परिवर्तनको लागि अभियानको अग्रसरतामा बल्खु खोला हाम्रो सभ्यता हो, सफा गराैं संरक्षण गराैं अभियान सुरु हुन लागेको हो ।
असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सो अभियान सुरु हुने भनिएको सो अभियान निरन्तरको झरीका कारण स्थगित भएको थियो ।













