बागमती प्रदेश सरकारद्धारा कीर्तिपुरको एक सहकारी समस्याग्रस्त घोषणा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शक सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेश अन्तर्गतको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०७८ वैशाख ९ मा ३३३१/०६७/०६८ नम्बर सहित दर्ता कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *