ज्यूँदो रहेसम्म सभापति रवि लामिछाने नै हो : डीपी अर्याल
थानकोट ।
रास्वपाका उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति उनी नै भएको बताएका छन् ।
पोखरामा आइतबार भएको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“रवि लामिछाने ज्युँदो रहेसम्म सभापति उहाँ नै हो । कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,” उनले भने ।










