‘केन्द्रको सहमति बिना संगठन पुनर्गठन र विस्तार नगर्नू’- नेपाल तरूण दल

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रको सहमति बिना संगठन पुनर्गठन तथा विस्तारका काम नगर्न भनेको छ।

तरूण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले सबै जिल्ला कार्यसमितिलाई पठाएको परिपत्रमा पुनर्गठन र विस्तारको काम नगर्न उल्लेख छ।

‘तरूण दलका सबै जिल्लाका कार्यसमितिहरू अर्को परिपत्र नभएसम्मका लागि केन्द्रको समन्वय सहमतिबिना पुनर्गठन र विस्तार नगरी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा राख्न र दलको प्रारम्भिक सदस्यता लिन केन्द्रीय कार्यालयमा सम्पर्क राख्न’ भन्दै परिपत्र गरिएको हो।

कांग्रेसले चैतभित्र तरूण दलको महाधिवेशन गर्न निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *