एसीसी यू-१९ पुरुष एसिया कपः नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

Thankot Times

थानकोट ।

यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमात्रै बनाउन सकेको हो ।

नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । यी तीनबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

समूह बीको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । 

यसैले अर्को चरणमा जाने सम्भावना जीवित राख्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ । 

यो समूहमा नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *