सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

आज मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उछाल आएको छ ।

आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।

आज  मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *