सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य प्रति तोला दुई हजार रुपैयाँ बढेको छ।
आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य भने स्थिर छ ।
आज चाँदी मंगलबार कै मूल्यमा कारोबार भइरहेको हो ।
हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।














