सुन चाँदीको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा सुनचाँदीको अघिल्लो कारोबार दिनकै झैं कायम भएको छ ।
आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन हिजो बुधबार पनि छापावाल सुन यही मूल्यमा खरिद-बिक्री भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














