अण्डाको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।

बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४ सय ७० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४ सय ७० रुपैयाँ तोकेको थियो ।

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १ सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *