सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा २ हजार २ सय रुपैयाँ घटेको हो । 

अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

पछिल्लो कारोबार दिन गत शुक्रबार तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८ सय ४० रुपैयाँ कायम भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *