आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ के कति छ ?
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे मंगलबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ ।
आज बुधबार चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














