सुनचाँदीकाे भाउ बढ्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदी १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *