थानकोट-चित्लाङ र मातातिर्थ-चखेल सडक सुचारु
थानकोट ।
बागमती प्रदेशको राजधानी (हेटाैंडा) सँग संघीय राजधानी (काठमाडाैं) जोड्ने प्रमुख दुई वैकल्पिक सडक मार्ग सञ्चालनमा आएका छन् ।
मर्मत एवं स्तरोन्नतिका लागि पुस पहिलो साताबाट आंशिक बन्द गरिएको थानकोट-चित्लाङ सडक आज मंगलबारबाट सुचारु भएको हो ।
यस्तै, मर्मत संभारका लागि पुस २२ गतेबाट बन्द गरिएको मातातिर्थ-चखेल-फाखेल सडक पनि मंगलबारबाट सुचारु भएको हो ।












