नेकपा माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, बागमतीको इन्चार्जमा हितमान शाक्य
थानकोट ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ।
खुमलटारमा सोमबार बसेको सो पार्टीको बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए
उपमहासचिव हरिबोल गजुरेल कोशी, उपमहासचिव मातृका यादव मधेस, सचिव हितमान शाक्य बागमती, सचिव दिनानाथ शर्मा गण्डकी, सचिव चक्रपाणि खनाल लुम्बिनी, स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन्।
प्रवक्ता सापकोटाका अनुसार महासचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय पार्टीले गरेको छ।
साथै पार्टीले हुलाकी राजमार्गकेन्द्रित संगठन सुदृढीकरण अभियानको सुरूवात फागुन १२ गते झापाबाट गर्ने निर्णय पनि गरेको छ।
पार्टीबाट निर्वाचित भएका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि माओवादीले गरेको छ।














