नेकपा माओवादी केन्द्र कीर्तिपुर नगरको तेस्रो अधिवशेन आज
थानकोट ।
संसद्को विपक्षी दल नेकपा माओवादी केन्द्रको कीर्तिपुर नगरपालिकाको तेस्रो सम्मेलन आज आयोजना हुँदैछ ।
सम्मेलन उद्घाटनअघि बिहान १० बजे पाँगादोबाटोबाट सो पार्टीले र्याली निकाल्ने तयारी गरेको नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर कमिटिले जनाएको छ ।
बिहान ११ः३० बजेबाट सुरु हुने सम्मेलन उद्घाटन तथा खबरदारी सभालाई सो पार्टीका उपाध्यक्ष अग्नी सापकोटा लगायतले सम्बोधन गर्ने बुझिएको छ ।
कार्यक्रम बाघभैरव पार्टी प्यालेसमा हुने ।















