बजारमा आज सुनको भाउ के छ ?
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ ।
मंगलबार तोलामा ८ सय रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो ।
सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य घटेको छ ।
हिजो सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँ थियो ।
आजको भाउ तोलामा ३० रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।














