मःम पसलमा ग्यास विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो, कीर्तिपुर अस्पतालमा ८ जना उपचारत
थानकोट ।
कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् ।
शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् ।
अझै आठ जनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।
गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए ।
जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए ।
दुईजनाको यसअघि नै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरु मः म पसलकै कामदार हुन् ।












