सतुङ्गलमा एक युवा मृत भेटिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा एक युवा मृत फेला परेका छन् ।
सतुङ्गलस्थित भैंसीबजार नजिकै डेरा गरी बस्ने लमजुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












