मेयर बालेन लेख्छन्- प्रधानमन्त्रीज्यू मलाई हराउने ताकमा देशलाई नडुबाउनू !
थानकोट ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार पोस्ट गर्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्,‘प्रधानमन्त्रीज्यू भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे !’
फाइल फोटो














