जनक भट्टराई एआईजीमा बढुवा
थानकोट ।
नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।
यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।
बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराई आगामी ५ चैतमा अनिवार्य अवकाशमा जानेछन् ।
यसअघि एआईजी रहेका रवीन्द्र केसीलाई राजीनामा गराएर भट्टराईलाई एआईजीमा सिफारिस गरिएको थियो ।

















