प्रतिनिधि सभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । 

शुक्रबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए । 

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आयोगको २०८०/०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेश गरे । बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेश गरे । विधेयक प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *