नागढुङ्गा सुरुङ मार्ग आयोजनामा अर्को पक्षले पनि आन्दोलन सुरु गरे
थानकोट ।
पछिल्लो चार दिनदेखी चन्द्रागिरि नगरपालिका वडा नं. २ बाँडभञ्ज्याङका स्थानीयले निर्माणाधीन राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माणमा अवरोध गरेकोमा बुधबारबाट चन्द्रागिरि नगरपालिका वडा नं. १ का स्थानीयले समेत अवरोध सुरु गरेका छन् ।
सुरुङ मार्गको अलाइमेन्ट (सुरुङ माथिको जग्गाधनी) पीडित संघर्ष समितिले मुआब्जा माग गर्दै बुधबारबाट आन्दोलन छेडेका हुन् ।
सुरुङ मार्गको माथि जग्गा परेका सात घरले आयोजनासँग यसअघि भएका मुआब्जा र क्षतिपूर्तिको सहमति पूरा नभएको भन्दै मंगलबार आयोजना कार्यालयमा ज्ञापन पत्र बुझाउँदै आन्दोलन घोषणा गरेका हुन् ।
हाल दैनिक ४ सय जना मजदुर नागढुङ्गा सुरुङ मार्गको अन्तिम चरणको कार्यमा खटिएकोमा स्थानीयको अवरोधपछि ती मजदुर फुर्सदिला बनेका छन् ।
पटकपटक आयोजना निर्माणमा अवरोध हुँदा २०८२ असोजबाट सुरुङ मार्ग सञ्चालनम ल्याउने योजनामा असर परेको छ ।












